भदौ २३ गते सरकारले संघीय संसद्को बैठक बोलायो

भदौ २३ गते सरकारले संघीय संसद्को बैठक बोलायो

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

भदौ २३ गते सरकारले संघीय संसद्को बैठक बोलाएको छ । सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते अपरान्ह चार बजे बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो ।

संघीय संसद्‍मा प्रतिनिधि सभा र राष्ट्रिय सभा छन् । बजेट अध्यादेश पारित नगर्दै अधिवेशन अन्त्य गरेको भन्दै सरकारको आलोचना भएको थियो । बजेट अध्यादेश असोज दुई गतेसम्म पारित नभए स्वतः निस्कृय हुन्छ ।

संघीय संसद्को अधिवेशनबारे बिहान प्रधानमन्त्रीसहित सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका थिए ।

प्रधानमन्त्री तथा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सभामुख सापकोटालाई बालुवाटार बोलाएर अधिवेशनका विषयमा छलफल गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।