नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापति दशरथ बानियाको दावी

नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापति दशरथ बानियाको दावी

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

नेपाली कांग्रेस  टोखा नगरपालिकाको सभापति दशरथ बानियाले दावी गरेका छन । नेपाली काग्रेसको महाधिवेशन नजिकीदै गर्दा टोखा नगरपालिकाको सभापतिमा बानिया संगै दिपकराज जोशी , केदारनाथ पाठक र ओमकृष्ण बिमली सहित चारजनाले दावी गरेका छन ।

दशरथ बानिया २०४८ सालमा नेपाली काङ्ग्रेसको कृयाशिल सदस्य भइ तरुणदल गाउँ कमिटीको पुर्व सचिब , नेपाली काग्रेस गोङ्गबु गाउँ कमिटीका पुर्ब सचिब , नेपाल शिक्षक सङ काठमाडौ क्षेत्र न ६ का पुर्व सभापति समेत रहेका पार्टीमा निरन्तर सकृय ब्यक्ति हुन । दिपकराज जोशी वर्तमान टोखा नगरपालिका वडा न २ का वडा अध्यक्ष हुन ।

उनी पनि पार्टीको कृयाशिल ब्यक्तित्वको रुपमा रहेका छन । केदारनाथ पाठाक अर्का आकाक्षीका रुपमा रहेका छन जो वडा नम्बर ९ का निवर्तमान वडा अध्यक्ष हुन । उनी नेपाली काग्रेसको तेह्रौं महाधिवेशनमा नेपाली काग्रेस नगर सभापतिको उमेदवार भइ पराजित भएका थिए । उनलाई पनि पार्टीमा सकृय रुपमा लागिरहेका ब्यक्ति हुन ।

त्यसै गरि अर्का आकाक्षीका रुपमा रहेका छ्न ,ओमकृष्ण बिमली जो नेपाली काग्रेस टोखा नगरपालिका वडा नम्बर ३ का बर्तमान सभापतिमा रहि सक्रिय रुपमा पार्टीमा लागिरहेका ब्यक्तित्वको रुपमा लिइन्छ ।

तपाइँको प्रतिक्रिया ।