नेकपा एमाले सिन्धुपाल्चोक-काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय सम्पर्क मञ्चको भेला सम्पन्न

नेकपा एमाले सिन्धुपाल्चोक-काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय सम्पर्क मञ्चको भेला सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १९।

नेकपा एमाले सिन्धुपाल्चोक -काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय सम्पर्क मञ्चले अनौपचारिक भेला अन्तरक्रिया तथा चियापान कार्यक्रम गरेको छ। शुक्रबार तीनकुने स्थिति मण्डल पार्टी प्यालेसमा भएको अनौपचारिक छलफल कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर १ स्थायी घर भई हल विभिन्न रोजगारीको सिलसिला राजधानी काठमाडौ र आसपासमा बसोबास गर्ने करिब ३०० नेता कार्यकर्ता उपस्थित रहेको थियो । नेकपा एमाले विभाजन अघि तत्कालीन एमाले वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको पावर हाउसको रुपमा बुझिएको एमाले सिन्धुपाल्चोक माधव/ झलनाथले एमाले परित्याग गरि नयाँ राजनीति दल नेकपा ( समाजवादी) गठन गरे सँगै राजनीति वृत्तमा निकै महत्त्वका साथ हेरिरहेको एमाले सिन्धुपाल्चोकबाट एमाले छोडि नयाँ दल (समाजवादी) तिर लाग्छन् कि भन्ने आँकलन गरिएको थियो तर त्यो हुन सकेन।
लामो समय माधव नेपाल सँग सहयात्री भएर राजनीति सयर गरेका सिन्धुका पुराना नेता पुर्व मन्त्री केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा , पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ,एमाले पोलिटव्युरो सदस्य , वाग्मती प्रदेश सांसद एवम् पुर्व मन्त्री अरुण नेपाल पुर्व माननीय शुभाष कर्मचार्य,मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल ,वलेफि गापा प्रमुख केदार क्षेत्री , जिल्ला अध्यक्ष झम्क नेपाल , पार्टी सचिव एवम् लिसङ्खु गापाका अध्यक्ष कमल नेपाल,पाँचपोखरी थाङ्पाल गापा अध्यक्ष टासी लामा , त्रिपुरा सन्दरी गापाका अध्यक्ष भुपेन्द्र श्रेष्ठ ,बार्हबिसे नपाका मेयर निम्फुजु शेर्पाले एमाले विभाजन भए सँगै नाटकीय ढंगले माधवकुमारको साथ छोडि एमालेमै बस्ने निर्णयगरे सँगै सिन्धु एमालेमा विभाजनको प्रभाव खासै नदेखिने पक्का भएको छ।
एमालेले वाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललाई मुख्य मन्त्री बाट राजिनामा गराई पार्टी विभाजन अघि माधवकुमारको शक्ति केन्द्रको रुपमा हेरिरहेको पार्टी उपाध्यक्ष उष्टलक्ष्मी शाक्यलाई मुख्य मन्त्री बनाए सँगै सिन्धु एमालेको कोर्स परिवर्तन भएको बुझिन्छ। अहिलेसम्म माधव नेपालको नया दल नेकपा (समाजवादी)मा खुल्ने नेताहरूमा राष्ट्रिय सभा सदस्य सिहबहादुर विश्वकर्मा , वाग्मती प्रदेश संसद ईन्द्रमाया गुरु,मेलम्ची नपा का उप मेयर भगवती नेपाल ,चौतारा साँचोकगढि १० का वडा अध्यक्ष बेलबहादुर महत वाग्मती प्रदेश कमिटी सदस्यहरु,नेता सोम सापकोटा ,नेता नवराज पौडेललगाएताका नेता जसपा कित्तामा उभिएका छन्न।
अनौपचारिक कार्यक्रममा आफ्नो धारण रादै पुर्व मन्त्री अरुण नेपालले अब हिजोलाई हेरेर होइन भोलिलाई हेरेर अगाडि बढ्न आग्रह गरे, सबै असहमतिका विषयहरुलाई छलफलको विषय बनाई निष्कर्षका पुग्नुको विकल्प भएको,पार्टी विभाजनको पक्षमा न उभिन सबै नेता कार्यकर्तालाई अनुरोध समेत गरे। नेता नेपाल लामोसमय देखि पार्टी विभाजनको विपक्षमा आफ्नो धारण प्रष्ट राख्दै आएका नेता हुन्न। त्यस्तै नि वर्तमान मन्त्री शरेस नेपालले अब एमाले सिन्धुपाल्चोकमा कुनै समस्या भएको यद्यपि देखिएमा आफूहरूले छलफल गरेर टुंगोमा पुर्याउने , हिजो पार्टीमा संकटको अवस्था सृजना भएको समयमा साथ दिने सबै नेता कार्यकर्ताहरुलाइ साथ लिएर अगाडि बढ्ने , निर्वाचनमा दोस्रो भएर नहुने भएकोले सबै नेताकार्यकर्ता लागि आगामी निर्वाचनमा जित सुनिश्चित हुने गरि लाग्न निर्देशन गरे।
१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा निर्वाचन क्षेत्र नम्बर १ मा सात वटा स्थानीय तह रहेको छ । सात वटा बध्य नेकपा एमालेले पाँच वटा स्थानीय तहमा जितेको थियो भने नेपाली कांग्रेसले एउटा र ए नेकपा माओवादी ले एउटा पालिका जितेको थियोे । पार्टी सचिव एवम् लिसङ्खु गापा अध्यक्ष कमल नेपालले हिजो हामी केही केपी ओलीको कित्तामा उभियौ केही माधब नेपाल कित्तामा अब दुबै तिर लाग्ने साथीहरु एउटै कित्ता एमाले कित्तामा लाग्न अग्रह गरे।
देशको सबै भन्दा ठुलो राजनीति दल विभाजन हुदा देशलाई नै ठुलो घाट हुने स्वाभाविक हुन्छ जे नहुनु पर्ने थियोे त्यो भै सकेको छ अब त्यो बाटो नलागेर पार्टी निर्माण मा म होइन पार्टी बलियो ,भर्पर्दो , आशालाल्दो बनउन सबैलाई लाग्न अनुरोध गरे। त्रिपुरा सुन्दरी गापा अध्यक्ष भुपेन्द्र श्रेष्ठ हिजो लाइ हेरर होइन अब भोलि लाइ हेरेर अगाडि बढ्न सबै नेता कार्यकर्ता लागि अनुरोध गरे। बाह्यविसे नगरपालिकाका मेयर निमफुन्जू शेर्पा मलाई कुनै पद चाँहिदैन एमालेको संगठित सदस्य भए पुग्छ।
टिकट नपाउने बहानामा ,पार्टी नियम र नियन्त्रण भहिर कहिल्यै नजाने प्रष्ट पार्दै नेता अरुण नेपाल र सरेश नेपाललाइ आफ्नो गाउँपालिकामा निर्वाचन जिताएर मात्रै माथिल्लो क्षेत्रको निर्वाचनमा आफुहरुलाइ दावी गर्ने चुनौती दिए। अब पार्टीको बारेमा कुनै नराम्रो टिक्का टिप्पणी नगर्न अनुरोध गरे। कार्यक्रममा सिन्धु काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष शिवहरी सापकोटा र सचिव राजन आचार्यले समेत आफ्नो मनतव्य राखेका थिए।
तपाइँको प्रतिक्रिया ।