काठमाण्डौमा सात वडा अध्यक्ष सहित ३४ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

काठमाण्डौमा सात वडा अध्यक्ष सहित ३४ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १८।

काठमाण्डौ जिल्लाका सात वडा अध्यक्ष सहित ३४ जना जनप्रतिनिधिले  नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन। आज जिल्ला निर्वाचन कार्यालय अनामनगर पुगेर दुई उपप्रमुख ,सात वडा अध्यक्ष सहित ३४ जनाले सनाखत गरेका हुन।

नेकपा समाजवादीका नेताहरु जीवनराम श्रेष्ठ ,सावित्रा भुषाल ,बसन्त मानन्धर र कुसुमकुमार कार्की लगायतको उपस्थितिमा काठमाण्डौ महानगरपालिका , बुढानिलकण्ठ नगरपालिका,तारकेश्वर नगरपालिका ,टोखा नगरपालिका र शंखारापुर नगरपालिकाका वडा अध्यक्षहरु र सदस्यहरुले  नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।

नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने वडा अध्यक्षहरुमा सुद्ध कुमार डंगोल (काठमाण्डौ -७) , बालकृष्ण श्रेष्ठ (बुढानिलकण्ठ -३), ईश्वर मान डंगोल ( काठमाण्डौ -१५ ) ,जोग प्रसाद नेपाल (टोखा -९ ) ,मधु कार्की (तारकेश्वर -६ ) ,रबिन्द्र केसी ( तारकेश्वर -२ ) र घनश्याम थापा ( शंखरापुर -९ ) रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।