बुढानिलकण्ठका पाँच जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरे,को को छन ?
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १८।
बुढानिलकण्ठका पाँच जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन।
नेकपा समाजवादीका नेताहरु जीवनराम श्रेष्ठ ,सावित्रा भुषाल ,बसन्त मानन्धर र कुसुमकुमार कार्की लगायतको उपस्थितिमा एक वडा अध्यक्ष सहित चार जना वडा सदस्यहरुले आज जिल्ला निर्वाचन कार्यालय अनामनगर पुगेर सनाखत गरेका हुन्।
आज सनाखत गर्नेमा बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ , सदस्यहरु धनमाया डंगोल र बबिता रम्तेल रहेका छन भने वडा नं १ का सदस्य श्याम वाइबा र वडा नं ११ का सदस्य बिमल लामा रहेका छन।
तपाइँको प्रतिक्रिया ।