लायन कर्म गुरुङले आफ्नो बैवाहिक वर्षगाठ बालबालिकाहरु संग मनाए
कपन अनलाइन
काठमाडौं ,भाद्र १८ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का फर्ष्ट भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङले आफ्नो बैवाहिक वर्षगाठ सुनौलो पाइला संस्थामा रहेका बालबालिकाहरु संग मनाएका छन ।बिहिबार एक कार्यक्रमका बीच उनले उक्त संस्थामा आश्रित १४ जना बालबालिकाहरुलाई आवश्यक खाद्यान्न सहयोग गर्दै मनाएका हुन ।सोहि दिन उनको धर्म पत्नी अन्जली गुरुङको पनि जन्म दिन परेको हुँदा फजुल खर्च नगरी गोकर्णेश्वर नगरपालिका वडा नं ९मा संचालित सुनौलो पाइलामा आश्रित अभिभावकबिहिन बालबालिकाहरु संग आफ्नो बैवाहिक वर्षगाठ र पत्नी गुरुङको जन्मदिन मनाएका हुन्। आफ्नो बिशेष दिन बालबालिकाहरु संग मनाउन पाउदा आत्म सन्तुष्टि मिलेको बताउदै लायन कर्म गुरुङले बिसेष दिन उत्सबमा हुने फजुल खर्चलाइ आफुले सानो भए पनि सामजिक क्षेत्रमा सहयोग गर्नु पर्छ भन्ने उदेश्यले केहि बर्ष यता खर्च कटौती गरि फरक तरिकाले मनाउने गरेको गुरुङले बताए।
जन्म दिन बैवाहिक वर्षगाठ लगायत अन्य उत्सबमा हुने फजुल खर्चलाइ सही ठाउमा व्यवस्थापन गर्नु पर्छ भन्ने मान्यता आफुमा रहेको बताउने गुरुङले आफ्नो जन्मदिन लगायत अन्य विभिन्न उत्सब हरुमा अनाबश्यक खर्च गरेर पाटीको आयोजना गरि जन्मदिन अथवा उत्सब मनाउनु भन्दा समाजमा फरक काम गरिरहेकाहरुलाई प्रोत्साहन स्वरुप सक्दो सेवा र सहयोग गर्न सक्ने हो भने मानवीय कर्तब्य पुरा हुने बताए । केहि दिन अघि मात्र लायन्स क्लब बाट मनाङको बाढीपिडितलाइ खाद्यान्न सहयोग गरेको र सो कार्यमा सहयोग गर्ने सम्पूर्ण लायन्स सदस्यहरुलाई धन्यबाद दिएका थिए।
उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का इमिडेट पास्ट डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठलेबैवाहिक बर्षगाठ र जन्म दिनको शुभकामना दिँदै जसले समाजमा केही दिन्छ त्यही व्यक्तिले नै जीवनमा सफलता प्राप्त गर्न सक्ने बताएका थिए । कार्यक्रममा GST Multiple Coordinator लायन अन्नत प्रसाद भेटुवाल,लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।संस्थाकी अध्यक्ष रोजिना बिष्ट (रोज)ले सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै संस्थाले गर्दै आएको गतिविधि बारेमा प्रकाश पारेकी थिइन । भूकम्प र अन्यकारणले बेसाहारा भएका बालबालिकाहरुलाई सुरक्षित पालनपोषण, शिक्षा र आवास दिने उदेश्यले २०७५ सालमा स्थापित सुनौलो पाइला संस्था मा हाल १४ जना असाहय बालबालिकालाइ सुरक्षित आवास र असल अभिभावकत्व प्रदान गरिरहेको छ।