बुढानिलकण्ठ -८ मा ३१ सदस्यीय अखिल नेपाल महिला संघ गठन
कपन अनलाइन
काठमाण्डौ ,भाद १८
बुढानिलकण्ठ -८ मा ३१ सदस्यीय अखिल नेपाल महिला संघ गठन गरिएको छ। अनेम संघकी केन्द्रीय सदस्य तथा इन्चार्ज सरिता निरौलाको प्रमुख आतिथ्यतामा भएको भेलाले मेनुका खड्का अध्यक्ष र दिपिका खड्का सचिव रहेको कमिटी चयन गरेको हो।
अनेम संघ वडा कमिटी पुनर्गठन गरिएको सो भेलामा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई , नेकपा एमाले बुढानिलकण्ठ अध्यक्ष प्रदिप डंगोल ,वडा नं ८ का अध्यक्ष सुमन तामाङ्ग , वडा कमिटी अध्यक्ष बिनोद थापा ,सचिव सबिन अधिकारी ,नगरपालिकाकी सल्लाहकार बिन्दा गौतम लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया ।