बुढानिलकण्ठको जगडोलमा राधाकृष्ण खट यात्रा हर्षोल्लासका साथ मनाइयो
कपन अनलाइन
काठमाडौं, भाद्र १८ । प्रत्येक वर्ष कृष्ण जन्म अष्टमीको भोलि पल्ट बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ,१३ र गोकर्णेश्वर नगरपालिका वडा नं ३ को सिमाना जगडोलमा मनाइने राधाकृष्ण खट यात्रा सम्पन्न भएको छ ।प्रत्येक वर्ष बाजागाजा सहित हर्षोल्लासका साथ गाउ परिक्रम गरिने गरेको कृष्ण रथ यात्रा कोरोना जोखिमका कारण प्रतीकात्मक रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरि मनाइएको छ ।
जगडोल बासीले स्थानीय जात्राको रुपमा प्रत्येक वर्ष बाजागाजा भजन किर्तन सहित मनाउने गरेको कृष्ण जन्मअष्टमी पर्व र भोलिपल्टको रथ यात्रालाइ अघिल्लो वर्षा कोरोना जोखिमलाइ ख्याल गर्दै सिमित ब्यक्तिहरुले मन्दिर परिसरमा नै रथ परिक्रमा गराएर मनाएका थिए भने यस पटक भने धरैले कोरोना बिरुद्दको खोप लगाई सकेको र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको स्थानीय श्यामराजा गौतमले कपन अनलाइनलाइ जानकारी गराए ।