नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं १ इकाई समितिको सभापतिमा राम मानन्धरको दावी

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं १  इकाई समितिको सभापतिमा राम मानन्धरको दावी

कपन अनलाइन

काठमाडौं भाद्र १७ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको  छ । महाअधिवेशन नजिकिन लाग्दा काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशनकेन्द्रित हुन थालेका छन् । काठमाडौं क्षेत्र नं ३मा नेपाली  काँग्रेसका  नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ । अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन।त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को  गोकर्णेश्वर नगरपालिका   वडा नं १  इकाई समितिको सभापतिमा   गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धरले नेपाली कांग्रेसको इकाई सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

१२ औं महाधिवेशन देखि नेपाली कांग्रेसमा सक्रियताका साथ लागेका मानन्धरले गोकर्णेश्वर नगरपालिकाको  वडा संयोजन पछि इकाईको सह संयोजकको भूमिका निर्वाह गर्दै आएका छन् ।उनले इकाई कमिटी र सबै भातृसंगठनलाई चलायमान बनाउने सबैलाई मिलाएर सुदृढ नेपाली कांग्रेस निर्माण गर्नको पार्टीका क्रियाशिल, अग्रज, शुभचिन्तकसँग सल्लाह गरेर अगाडी बढेको जानकारी गराएका छन  ।

वडा अध्यक्षको रुपमा वडाको सन्तुलित विकासमा आफूले गरेको योगदानलाई हेरेर सबैबाट सहयोग गर्ने प्रतिबद्धता आफूले पाएको बताउने मानन्धरले  जनताको पक्षमा आफुले  गरेका कामहरुको मुल्याङ्कन गर्दै सबैको  सहयोग रहने बचन पाएको कपन अनलाइनलाइ जानकारी गराए  ।उनले विधि पद्धतिमा रहेर पार्टीलाई सक्रिय बनाउने, काम गर्दा सबैसँग सल्लाह गरेर मात्र गर्ने र आउँदै गरेको चुनावमा पार्टीलाई अत्यधिक मतका साथ जिताउने गरी काम गर्ने योजना बनाएर आफूले इकाई सभापतिका लागि उम्मेदवारी घोषणा गरेकोले सबै क्रियाशिल दाजुभाई दिदीबहिनीहरुलाई अत्यधिक मत दिई निर्वाचित गर्न समेत आग्रह गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।