भारतीय नेता मुलायम सिंह यादवलार्इ स्वाइन फ्लु
नयाँ दिल्ली, २३ फागुन । समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह यादवलार्इ स्वाइन फ्लु भएको छ । उनलार्इ उपचारका लागि हरियाणाको गुड़गाउँस्थित निजी अस्पताल मेदान्ता मेडिसिटीमा भर्ना गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एके दुबेले मुलायमको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी दिन अस्वीकार गरेका छन् । उनले मुलायमको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन अनुमति नभएको जानकारी दिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार मुलायम सिंहलार्इ शुक्रबार राति साढे एक बजे अस्पताल भर्ना गरिएको हो ।
मेदान्ता अस्पतालमा उनको उपचार डाक्टर सुशीला नेतृत्वको टीमले गरिरहेको छ । मुलायम सिंह बुधवार दिउँसोबाट विमारी भएका थिए । त्यसपछि उनलार्इ लखनऊमा एसजीपीजीआई अस्पतालमा केही समय भर्ना गरिएको थियो ।
मुलायम परिवारका एक सहयोगीले बताएअनुसार उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि मेदान्तामा भर्ना गरिएको हो ।
मुलायम निकट स्रोतलार्ए उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार उनलार्इ श्वास फेर्न समस्या भएको थियो । उत्तर प्रदेशका पुर्व पूर्व मुख्यमन्त्रीसमेत रहेका उनको स्वास्थ्य अवस्थाबारे सरकारी अधिकारीले समेत जानकारी दिन मानेका छैनन् ।
विरामी परेपछि मुलायमलार्इ चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका थिए । चिकित्सकहरुले आराम गर्दै हल्का खाना खान र यात्रामा ननिस्कन समेत उनलार्इ सुझाएका थिए ।
मुलायम यो महिना धेरै ब्यस्त भएका थिए । यो महिनाको शुरुमा उनी आफ्ना नातिको बिहेमा व्यस्त भए भने त्यसपछी संसदको बजेटसत्रमा पनि सहभागी भएका थिए । –