गोकर्णेश्वर नगरपालिका वडा नं ९ भगवती चोकबाट सात जुवाडे पक्राउ

गोकर्णेश्वर नगरपालिका वडा नं ९ भगवती चोकबाट सात जुवाडे पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

गोकर्णेश्वर नगरपालिका ९ भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका १ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामा तास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ३ सय ९० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।