नेकपा एमाले ओखलढुंगा जेष्ठ २ मा फर्कियो ,अध्यक्ष मोहन श्रेष्ठले जिल्ला कमिटी बैठक बोलाए

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १६।

नेकपा एमाले ओखलढुंगा जेष्ठ २ मा फर्किएको छ। नेकपा एमाले केन्द्रीय कमिटीको निर्देसन अनुसार अध्यक्ष मोहन श्रेष्ठले जिल्ला कमिटी बैठक बोलाएका छन।

आज एक सुचना जारी गर्दै अध्यक्ष श्रेष्ठले भाद्र २१ गते ११ बजे जिल्ला पार्टी कार्यालयमा हुने बैठकमा उपस्थितिका लागि अनुरोध गरिएको छ। नेकपा एमाले जेष्ठ २ को अवस्थामा गएकोले आठौ जिल्ला अधिवेसनले चयन गरेको जिल्ला कमिटीको बैठक राखिएको जानकारी दिदै अध्यक्ष श्रेष्ठले अनिवार्य उपस्थित हुनका लागि सबै जिल्ला कमिटीका सदस्यहरुलाई निर्देशन दिएका छन ।

तपाइँको प्रतिक्रिया ।