बुढानिलकण्ठमा विप्लव नेतृत्वको नेकपा सक्रिय : नगर समितिको आयोजनामा २७ जना पार्टी प्रवेस

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १५।

नेपाल कम्युनिस्ट पार्टी काठमाडौं  अन्तरगत बुढानिलकण्ठ नगर समितिको आयोजनामा विभिन्न पार्टी परित्याग गरी आउनेलाई स्वागत गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका कन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज माईला लामाको प्रमुख आतिथ्यमा भएको  स्वागत कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेका  २७ जनालाई  स्वागत गरिएको थियो।

कार्यक्रममा नेकपाका काठमाडौं जिल्ला सेक्रेटरी तुल्सि नारायण, नेवाःमुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जन र अखिल नेपाल महिला संघ क्रान्तिकारी काठमाडौं जिल्ला संयोजकको उपस्थिति रहेको थियो ।

सो अवसरमा  माओवादी केन्द्र परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै राजकुमार खड्काले संसदीय व्यवस्थाको भासमा डुबेका अन्य दलबाट जनता निरासा भएकाले अब नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्त पार्टीले मात्र जनताको समस्या हल गर्न सक्ने  आसा र भरोसाको केन्द्र बनेको बताएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य दिप उत्थानले राखेका  थिए भने  संचालन बेदुकाजी घिमिरे र अध्यक्षता  बुढानिलकण्ठ नगरका इन्चार्ज हरी  खड्काले गरेका थिए । फोटो सौजन्य : रातो खबर

तपाइँको प्रतिक्रिया ।