सांसद यज्ञराज सुनुवारको मौनताले ओखलढुंगामा छटपटी ….

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १५।

नेकपा एमालेको विभाजन भए पछिको समयमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा ओखलढुंगा जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारको मौनताले जिल्लाका नेता तथा कार्यकर्ताहरुमा छटपटी देखिएको छ।

पछिल्लो समय सुनुवार मौन बस्दा जिल्लामा समानान्तर गतिविधिमा सक्रिय रहेका नेताहरुमा निकै बेचैनी र ब्यकुलता देखिएको छ भने नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले पनि उनलाई सामाजिक संजाल मार्फत पार्टी निर्माणमा सक्रिय रहन आग्रह गर्दै आफ्नो व्यग्रता प्रस्तुत गरेका छन।

केहि समय अगाडी जिल्लामा एकै दिन दुई वटा जिल्ला कमिटीको बैठक आयोजना गरेर त्यहा रहेको विभाजन र बेमेललाई सार्वजनिक गरे पनि अहिले सम्म कुनै पनि नेता तथा कार्यकर्ताहरु खुलेर नयाँ बनेको नेकपा एकीकृत समाजवादीमा सक्रिय भने देखिएका छैनन।

नेकपा एमाले जेष्ठ २ को अवस्था फर्किसकेपछि जिल्लाको इन्चार्ज समेत रहेका सुनुवारलाई कपन अनलाइनले पटक पटक सम्पर्कको प्रयास गर्दा पनि उनि सम्पर्कमा आएनन भने पछिल्लो घटनाक्रमका वारेमा कतै पनि स्पस्ट विचार ब्यक्त गरेका छैनन।

उनको यो मौनताले आज भोलिनै नयाँ पार्टीको घोषणा गर्नुपर्छ भनेर दिनरात सदरमुकाममा सक्रिय नेताहरु निरास बनेको तर  नेकपा एमालेको पार्टी पंक्तिमा भने उत्साह देखिएको एक जिल्ला सदस्यले बताएका छन।

नेपाली कांग्रेसको किल्लाका रुपमा लिइने ओखलढुंगा जिल्लामा कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउदै संघीय र प्रदेस सभा निर्वाचनमा बिजयी गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेका उनको पछिल्लो मौनता भने रहस्यमय र अर्थपूर्ण रहेको चर्चा अहिले जिल्लामा ब्यापक चलेको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।