बुढानिलकण्ठ र चंडेश्वरी १५ मिनेटमा जोड्ने सांसद ईश्वर पोखरेलको सपना “सम्पदा मार्ग”

बुढानिलकण्ठ र चंडेश्वरी १५ मिनेटमा जोड्ने सांसद ईश्वर पोखरेलको सपना “सम्पदा मार्ग”

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १५।

काठमाण्डौ उपत्यकाको शिवपुरी पर्वत शृंखलाका काखमा रहेका पावन धार्मिक स्थल बुढानिलकण्ठ मन्दिर र टोखा चंडेश्वरी  मन्दिरको दुरी अहिले १५ मिनेटमा छोट्टीएको छ।

दुई पवित्र धार्मिक स्थललाई जोड्ने “सम्पदा मार्ग” निर्माण सम्पन्न भए संगै अहिले भक्तजन र पर्यटकहरुलाई निकै सहज भएको छ भने सो क्षेत्रको आर्थिक गतिविधि पनि बढेको छ।

अहिले दुई मन्दिर जोड्ने सो  मार्ग प्रातकालिन र सन्ध्याकालीन भ्रमणका साथै संगै जोडिएको शिवपुरी-नागार्जुन रास्ट्रिय निकुन्ज घुम्न आउनेहरुको रोजाइमा पर्ने गरेको छ।

भौगोलिक दुरीमा नजिक रहे पनि सडक अभावमा दुई मन्दिरको दर्शन गर्न लामो यात्रा गर्नुपर्ने बाध्यतामा रहेका तिर्थालु र पर्यटकहरुले  अव भने केवल १५ मिनेटको यात्रामा दुवै मन्दिरको दर्शन गर्न सक्नेछन।

काठमाण्डौ क्षेत्र नं ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचन प्रचारको दौरानमा दुई सम्पदा जोड्ने मार्ग निर्माणको घोषणा गरेका थिए।

सो क्षेत्रको सांसदमा निर्वाचित भए संगै “सम्पदा मार्ग ” लाई पहिलो प्राथमिकतामा राखेका सांसद पोखरेलको पहलमा संघीय सरकार बाट बजेट व्यवस्थापन गरेर निर्माण सम्पन्न गरिएको छ।

आफ्नो निर्वाचन क्षेत्रको शिरमा रहेका दुई धार्मिक सम्पदा र प्राकृतिक सम्पदाको रुपमा रहेको शिवपुरी-नागार्जुन रास्ट्रिय निकुन्जलाई समृद्धिको आधारमा विकास गर्नुपर्ने बताउदै आएका सांसद पोखरेलले ति मन्दिरहरुको पुनर्निर्माण र  प्रवर्धनमा पनि निरन्तर सहयोग गर्दै आएका छन।

सो “सम्पदा मार्ग ” ले दुई मन्दिर संगै बुढानिलकण्ठ र टोखा नगरपालिकालाई उत्तरी सिमाना बाट जोडेको छ भने काठमाण्डौ उपत्यका बाट शिवपुरी पर्वत क्षेत्रमा आउने पर्यटकहरुलाई पनि निकै सहज भएको छ।

बुढानिलकण्ठ मन्दिर-वडा नं ५ कार्यालय-डाँडागाउँ जाने सडक हुदै चंडेश्वरी मन्दिर जाने सो मार्ग निर्माण सम्पन्न भए संगै होटल ,रेस्टुरेन्ट र अन्य व्यवसायहरु खुलेका छन।

पछिल्लो समय टिक टक र अन्य सामाजिक संजालका लागि सामाग्री बनाउनेहरुको भिड देखिने सो सडक संगै जोडेको जंगल र निकुन्ज क्षेत्र बनभोज स्थलको रुपमा पनि विकास भएको छ ।

तपाइँको प्रतिक्रिया ।