काठमाण्डौको फोहोर व्यवस्थापनमा सहयोग गर्न प्रधानमन्त्रीलाई महानगरको पत्र
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १५।
काठमाडौं महानगरपालिकाले केही दिनदेखि थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेखेको छ। भाद्र ८ गते फोहोर व्यवस्थापन क्षेत्रको सडक लगायत पूर्वाधार निर्माण गरी काठमाण्डौको फोहोर व्यवस्थापनमा सहयोग गर्न काठमाण्डौ महानगरपालिकाले आग्रह गरेको थियो।
काठमाण्डौ महानगरको पत्र पश्चात सोमवार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ लगायतले प्रधानमन्त्री देउवालाई भेटेर यस वारेमा छलफल गरेका थिए।
सो छलफल पश्चात प्रधानमन्त्री देउवाले सडक विभागका डिजीलाई टेलिफोन सम्पर्क गरी आजैबाट तत्काल बाटो बनाउने कार्य थाल्न निर्देशन दिएका थिए ।
काठमाण्डौ महानगरको पत्रमा पत्रमा काठमाडौँ उपत्यकाको फोहोरमैलाको दीर्घकालीन समस्या समाधानका लागि निर्माणाधिन बञ्चरे डाँडा स्यानीटरी ल्याण्डफिल साइडको हालसम्म पनि निर्माण कार्य सम्पन्न नभएको र सो ल्याण्डफिल साइटसम्म पुग्ने बाटो समेत निर्माण सम्पन्न हुन नसकेका कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा अवरोध पुगेको उल्लेख गरिएको थियो ।
महानगरपालिकाको पत्र :