बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादी तिर …..

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले नेकपा एकीकृत समाजवादी तिर लागेका छन। लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका श्रेष्ठले पार्टी विभाजन संगै नेकपा एमाले छोडेका हुन।

२०५४ शालको निर्वाचनमा साविक विष्णु बुढानिलकण्ठ गाविसको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ५ को अध्यक्ष रहिसकेका छन।

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको तर्फ बाट निर्वाचित ११ वडा अध्यक्ष मध्ये श्रेष्ठ नेकपा एकीकृत समाजवादी तिर लागेका छन भने नौ वडा अध्यक्षहरु नेकपा एमालेमा नै रहेका छन। नेकपा एमालेले जितेका मध्ये एउटा वडाको भने अनिर्णित अवस्था रहेको छ।

माधव कुमार नेपालको नेतृत्वमा पार्टी गठन संगै श्रेष्ठ सामाजिक संजाल र संगठन विस्तारमा सक्रिय बनेका छन। अहिले उनि सो पार्टीको प्रचारात्मक सामाग्री सामाजिक संजालमा राखेर प्रचार गर्ने र नगरपालिकाका विभिन्न नेता तथा कार्यकर्ताहरुलाई तान्ने अभियानमा सक्रिय देखिएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।