बागमती  प्रदेशमा भदौ २० गतेबाट सवारी लाइसेन्स परीक्षाहरू सञ्चालन हुने

कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४।

बागमती  प्रदेशले ​भदौ २० गतेबाट सवारी लाइसेन्स परीक्षाहरू सञ्चालन गर्ने भएको छ । वाग्तमती प्रदेशकाे यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रकाे काेर्यालयले आइतबार  सूचना जारी गर्दै  भदाै २० सवारी लाइसेन्सकाे लिखित तथा प्रयाेगात्मक परीक्षा सञ्चालन गर्ने जनाएकाे हाे ।

सो सुचनामा  प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षामा सहभागी हुने,  प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भई पुन: प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थी र कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरूका लागि मात्र परीक्षा सञ्चालन हुने जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।