नागढुंगामा दुर्लभ हुचिलको खुट्टा र पञ्जा सहित एक जना प्रकाउ

कपन अनलाइन
काठमाण्डौ ,भाद्र १४ ।

प्रहरीले प्रतिबन्धित  जिवजन्तु ओखेटोपहार सहित एक जनालाई पक्राउ गरेकाे छ ।

सोनाम तामाङले लुकाई छिपाई लिई आएको जिवजन्तु ओखेटोपहार संग सम्बन्धित हुचिलको खुट्टा थान २, हुचिलको पञ्जा जस्तो देखिने थान २, एकिन हुन नसकेको हड्डी थान २ , एकिन हुन नसकेको जनावरको सुकुटी (मासु) ४०० ग्राम र नगद रु ४० हजार समेत बरामद भएकाे छ ।

साथै उनको  झोलाबाट शंख थान ३, सेतो टल्कने ढुङ्गा थान १ फेला परेकोमा उक्त शंख र ढुंङ्गा आवश्यक अनुसन्धानको लागी पुरातात्व विभाग रामसाहपथ पठाईएको छ ।

थानकोट बृत्तले मानिस सहित आवश्यक अनुसन्धानको लागी डिभिजन वन कार्यालय हात्तिसार काठमाण्डौँ पठाईएको छ।

तपाइँको प्रतिक्रिया ।