नेपाली कांग्रेस कागेश्वरी मनोहरा वडा नं ३ इकाई समितिको सभापतिमा श्याम प्रसाद पुडासैनीको दावी
कपन अनलाइन
काठमाडौं, भाद्र १३ । काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको छ । महाअधिवेशन नजिकिन लाग्दा काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशनकेन्द्रित हुन थालेका छन् । काठमाडौं क्षेत्र नं ३मा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ । अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन।
त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ इकाई समितिको सभापतिमा नेपाल तरुण दल इकाई सभापति श्याम प्रसाद पुडासैनीले दाबी गरेका छन । नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै श्याम प्रसाद पुडासैनीले नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढीरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको र आसन्न चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भएकोले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले इकाई सभापतिको दाबी गरेको छन् ।
महाधिवेशन नजिकिदै गर्दा श्याम प्रसाद पुडासैनीले सबैलाई मिलाएर सुदृढ नेपाली कांग्रेस निर्माण गर्नको लागि निम्न एजेन्डा सहित काठमाण्डौ क्षेत्र नं ३ को कागेश्वरी मनोहरा नगरपालिका वडा नं ३ इकाई समितिको सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी गराएका छन ।
उनले उठाउने एजेन्डाहरु :
१)पार्टीको इकाइ कार्यालय बेवास्थित बनाउने
२)इकाइका पदाधिकारीलाइ मजबुत बनाउने
३)इकाइ कोष गठन गरि इकाइको खाता सन्चालन गर्ने ,
४) इकाइ वेबसाइट खोलि सम्पूर्ण क्रियासिल साथीहरुलाई सामाजिक संजालमा जोडाउने,
५) प्रत्येक क्रियाशील सदस्यहरुलाई नम्बर इकाइ कार्यालयमा राख्नुको साथै क्रियाशील सदस्यसँग सम्पर्कमा रहने |
६)कुनै क्रियाशिल सदस्यको मृत्य भएमा प्रत्येक क्रियाशील बाट रु १०० को दरले सहयोग लिइ मृतकको घरमा स्वयं उपस्थित भइ समवेदना सहित रकम प्रदान गर्ने,
७) केन्द्रीय तहका का नेताहरुबाट समय समयमा प्रशिक्षण गराउने,
८ ) महिला संगठन बनाउने महिला कोषको बिकास गर्ने,
९) वडाका गतिविधिहरुमा आफुले प्रतिनिधि खटाइ इकाइ भित्रका नागरिकहरुको तथ्यांक राख्ने काम गर्ने रहेको छ|