Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/240781785_600297901143800_520114040143941344_n-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/240822189_272156341098606_3627199618850018369_n-1024x678.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा सय भन्दा बढी युवा नेकपा एमालेमा प्रवेश

कपन अनलाइन

काठमाडौँ,  भाद्र १३  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुढानिलकण्ठ नगरपालिका ११ नं वडा कमिटीले आयोजना गरेको युवा भेलामा विभिन्न पार्टी परित्याग गरी आएका १०३ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन । शनिबार बुढानिलकण्ठ नगरपालिका वडा नं ११ प्रगतिचोक स्थित लुक क्याफेमा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी आएका १०३ जना युवाहरुलाई नेकपा एमाले केन्द्रीय विदेश विभाग प्रमुख डा.राजन भट्टराई, नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राइ लगाएतले  खादा ओढाई सम्मान सहित पार्टी प्रवेश गराएका हुन  ।

बूढानीलकण्ठ ११ निवासी सरोज तामाङको नेतृत्वमा ३३, विश्व तामाङको नेतृत्वमा ३०, पासाङ शेर्पाको नेतृत्वमा २० र अन्य २० गरी १०३ जनाको समूहले एमाले प्रवेश गरेको पार्टी वडा कमिटि  अध्यक्ष कृष्ण भट्टराईले जानकारी गराएका छन। उक्त  युवा भेलाले राजु पौडेलको अध्यक्षतामा मिलन लामा उपाध्यक्ष र सचिवमा हरिप्रसाद सिग्देल रहेको १५१ सदस्यीय युवा संघको वडा कमिटी  समेत गठन गरेको छ ।कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आयोजकलाई धन्यवाद दिदै   पार्टीमा नवप्रवेसीहरुलाई स्वागत  गरेका थिए। उनले नेकपा एमालेका वर्तमान अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली युवा संघको संस्थापक अध्यक्ष रहेको बताउँदै पार्टीमा इमान्दारीपूर्वक काम गर्दा देशको प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने सम्भावना सबै युवाहरुमा रहेको बताउँदै परिवारवाद भन्दा बाहिर युवाहरुलाई अवसर दिने पार्टी नेकपा एमाले नै भएको बताएका थिए ।

उनले पार्टी भित्र विचारका आधारमा, सिद्दान्त र कार्यदिशा  नमिलेर  कहिले काही विवाद हुने भन्दै तर  यति बेला माधब नेपालले नेतृत्व गरिरहेको  पंक्तिले जुन किसिमको विवाद गरिरहेको  थियो, त्यो विवाद कुनै विचारका आधारमा, सिद्दान्त र कार्यदिशामा   आधारित नभएको बताउदै नितान्त व्यक्तिगत कारणले  भएको बताएका थिए । जुन पार्टीले उनलाई उचाइमा पुर्यायो आज त्यहि पार्टीलाइ लात हानेर विरोधीलाई प्रधानमन्त्री बनाउन सहयोग पुर्याएको बताएका थिए।  उनले कार्यकर्तालाइ  बिगतमा पनि नेकपा एमाले ले  धेरै अफ्ट्यारोहरु झेल्दै आएको स्मरण गर्दै अब एक ढिक्का  भएर संगठन निर्माणमा अघि बढ्न अनुरोध  गरेका थिए  ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य एबम नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राइले जनताको चाहना अनुसार केपी ओली नेतृत्वको सरकारले नयाँ नयाँ योजनाहरु ल्याई विकसित मुलुकमा रुपान्तरण गर्ने प्रकृयामा पुर्याएको स्मरण गराउँदै वर्तमान परमादेशको सरकारलाई जनमतबाट हटाउने बताएका  थिए । जनताको जनादेशभन्दा ठूलो केही हुन नसक्ने भन्दै उनले  वर्तमान सरकार ओली नेतृत्वको भएका राम्रा कामहरुलाई रोकेर जनताको विकास प्रतिको सपनालाई तुसरापात गर्ने खेलमा लागिरहेको बताएका थिए ।

कार्यक्रममा  नेकपा एमाले जिल्ला   सचिवालय सदस्य  संगम गहतराज, युवा संघ काठमाडौं क्षेत्र  नं ४ का उत्प्रेरक जय गुरुङ, बुढानिलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष नवराज भट्टराई बुढानिलकण्ठ नगरपालिका वडा नं ११का वडा अध्यक्ष राजु अधिकारी लगाएतले सम्बोधन गरेको कार्यक्रमको अध्यक्षता  नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुढानिलकण्ठ नगरपालिका ११ नं वडा कमिटीका अध्यक्ष कृष्ण भट्टराईले गरेका थिए भने कार्यक्रम संचालन सचिब अंगुर पौडेलले गरेका थिए ।कार्यक्रममा  नेकपा एमाले केन्द्रीय सदस्य कृष्ण राई, नगरप्रमुख उद्धवप्रसाद खरेल, उप–प्रमुख रमादेवी राई, पार्टी जिल्ला कार्यालय सचिव विदुर विक्रम खड्का, सचिवालय सदस्यहरु मिठाराम अधिकारी,   बूनपा १२ का अध्यक्ष शम्भु भट्टराई लगायत युवा संघको विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।