तिन मुक्तक : अनिल चापागाई

तिन  मुक्तक : अनिल चापागाई

कपन अनलाइन

काठमाण्डौ ,भाद्र १२।

मुक्तक १

तागत आएसि माकुराले आफ्नै माउ खान्छ

याद राख।

मिति सकिएपछि औषधिले नै ज्यान लान्छ

याद राख॥

तारिफको पुल मुनि स्वार्थको नदि नदेखि

मख्ख नपर।

त्यहि नदिको छालले आंसुको सागरमा तान्छ

याद राख॥

मुक्तक २

तिमिमा एउटा छुट्टै किसिमको लत थियो।

यहि नै तिमिमा एउटा ठुलो परिणत थियो॥

पटक पटक आफ्नो चस्मा पुसिरह्यौ, तर।

चस्मा पुसेर के हुन्थ्यो धमिलो त नियत थियो॥

मुक्तक ३

पबित्र नातामा स्वार्थ हुल्नेलाइ के भनौं।

शिकारिकै वरिपरि डुल्नेलाइ के भनौं॥

आफ्नो जिवन आफ्नै तरिकाले जिउनु।

जुत्ता पाएसि चप्पल भुल्नेलाइ के भनौं॥

तपाइँको प्रतिक्रिया ।