आखिरीमा रहेछ भात एक : अर्जुन नेपाल (कविता )
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १२।
पार्टी एउटै हो,
गुट फरक छ,
सहगुट फरक छ,
नियुक्ति खान खोज्नेहरूको भाषा फरक छ,
नियुक्ति खाइसकेकाहरूको लय फरक छ,
नियुक्ति खुस्केकाहरूको ताल फरक छ,
वडाध्यक्ष, मेयर र सांसदहरूको ताल फरक छ,
वडाध्यक्ष, मेयर र सांसद हुनेहरूको लय फरक छ,
मन्त्री हुनेहरूको भाषा फरक छ,
मन्त्रीको लाइनमा लागेकाहरूको लय फरक छ,
मन्त्री खुस्केकाहरूको ताल फरक छ,
पार्टी एउटै छ, गुट फरक छ ।
आफ्नै भातहरूको भाषा फरक छ,
बाको भातहरूको लय फरक छ,
काकाको भातहरूको ताल फरक छ,
र, अब भातहरू दाइमा आइपुगेको छ ।
हेरौँ,
दाइको भातले थर्काउँछ कि फकाउँछ ?
भाषा, लय, ताल जे भए पनि उद्देश्य र लक्ष्य भातै छ ।
त्यसैले त, आखिरीमा रहेछ भात एक ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।