आश्रय समूह पुनर्स्थापना केन्द्र गोकर्णेश्वरका १५० जनाले लगाए कोरोना बिरुद्दको एस्ट्राजेनेका खोप

कपन अनलाइन

काठमाडौँ, भाद्र ११ । गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल वी पी चोकमा रहेको आश्रय समूह पुनर्स्थापना केन्द्रमा रहेकाहरुले कोरोना बिरुद्दको एस्ट्राजेनेका खोपको पहिला मात्रा  लगाएका छन ।उनीहरुले संस्थाको प्राङ्गण बाट नै सो खोप लगाएका हुन नगर प्रमुख सन्तोष चालिसेको पहलमा उक्त संस्थामा कार्यरत कर्मचारी र सेवाग्राही गरि कुल १५० जनालाई कोरोना बिरुद्दको एस्ट्राजेनेका खोपको पहिला मात्रा लगाइएको हो।  नगरपालिकाले सो दिन  ४ वटा खोप केन्द्र  बाट कोरोना भाइरस बिरुद्दको खोप नलगाएका १८ बर्ष भन्दा माथि उमेर भएका ब्यक्तिहरुलाइ    बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म   कोरोना बिरुद्दको  एस्ट्राजेनेका  खोपको पहिलो मात्रा लगाएको थियो।

तपाइँको प्रतिक्रिया ।