आजको मौसम पूर्वानुमान :पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान :पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
कपन अनलाइन
काठमाण्डौ ,भाद्र १०।

आज (बिहीबार) देशका पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रदेश–२, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको देखिन्छ । देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

प्रदेश–१, प्रदेश–२, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।