ओखलढुंगामा बालकृष्ण दाहालको सक्रियता,नेपाली कांग्रेस जिल्ला सभापतिमा उम्मेदवारी दिने तयारी

कपन अनलाइन
काठमाण्डौ ,भाद्र १०।
नेपाली कांग्रेसका नेता बालकृष्ण दाहालले ओखलढुंगा जिल्लामा सक्रियता बढाएका छन। नेपाली कांग्रेसको जिल्ला अधिवेसन नजिकिए संगै  जिल्लाका गतिविधि र सार्वजनिक चासोका विषयमा दाहालको सक्रियता बढेको हो।
नेपाली कांग्रेस ओखलढुंगा जिल्लाको सभापतिमा लड्ने तयारी गरेका दाहाल नेपाली कांग्रेसको तर्फ बाट संविधान सभाको निर्वाचनमा उम्मेदवार रहिसकेका छन।
विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा ओखलढुंगा जिल्लामा समाजसेवा र मानवीय विकासमा निरन्तर सक्रिय रहेका दाहालको दावी संगै नेपाली कांग्रेस ओखलढुंगाको माहोल निकै तातेको छ।
जिल्लाका नेता तथा कार्यकर्ताहरु संगको सघन छलफल र परामर्श पछी दाहालले सभापतिमा दावी गर्दै अभियान शुरु गरेका दाहालले जिल्लामा नेपाली कांग्रेसको सानदार पुनरागमनका लागि आफ्नो उम्मेदवारी रहने बताउदै आएका छन।
तपाइँको प्रतिक्रिया ।