नेकपा एमाले बुढानिलकण्ठ -१२ का जनसंगठन घोषणा

नेकपा एमाले बुढानिलकण्ठ -१२ का जनसंगठन घोषणा

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ७।

नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) बुढानिलकण्ठ -१२ ले जनसंगठन घोषणा गरेको छ। नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईको प्रमुख आतिथ्यता भएको भेलामा रास्टृय युवा संघ,अनेम संघ र बुद्धिजीवी सहयोग समिति गठन गरेको हो।

नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य तथा बुढानिलकण्ठ नगर प्रमुख उद्दव खरेल , केन्द्रीय सम्पर्क समन्वय कमिटी सदस्य केदारराज पुडासैनी,युवा संघ नेपालका केन्द्रीय कोशध्यक्ष तथा क्षेत्र-४ का उत्प्रेरक जय गुरुङ,काठमाडौं जिल्ला सचिवालय सदस्य संगम गहतराज , नगर उप प्रमुख रमा राई , विदुर बिक्रम खड्का,जिल्ला सदस्य लक्ष्मी संग्रौला , अनेम संघ बुढानिलकण्ठ अध्यक्ष निर्मला पुडासैनी लगायतको उपस्थितिमा भएको सो भेलाले वडा कमिटीको सचिवालय पनि गठन गरेको थियो। नेकपा एमाले बुढानिलकण्ठ -१२ का अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा भएको अओ भेलामा वडा -११ का अध्यक्ष राजु अधिकारी , वडा -१३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ , अनेम संघ , युवा संघ र पार्टीका नेता कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।

बुढानिलकण्ठ -१२ कि सदस्य मीना बयलकोटीले स्वागत मन्तव्य राखेको सो भेलामा बोल्दै वडा-१२ का अध्यक्ष तथा इन्चार्ज शम्भु भट्टराईले हिजो सुर्य चिन्ह बाट जितेका केही साथीहरु अहिले बाटो बिराएर अध्यारो तर्फ लाग्ने खतरा बढेको भन्दै ती साथीहरुलाई वडावासीको मत र मनको सम्मान गर्नका लागि आग्रह गरेका थिए ।

लामो समय देखी नेकपा एमालेमा योगदान दिएर अहिले भने जस्तो पद र जिम्मेवारी नपाएको भन्दै समानान्तर गतिविधिमा लागेका वडा-१२ का केहि नेता प्रति संकेत गर्दै अध्यक्ष भट्टराईले मुल धारमा आएर नेकपा एमालेको राजनितीक आन्दोलनमा सहभागी बन्नका लागि अनुरोध पनि गरेका थिए।

बुढानिलकण्ठ -१२ को इभर साइन पार्टी प्यालेसमा भएको अओ भेलाले अशोक रिमालको अध्यक्षतामा बुद्दिजिवी परिषद र रमेश पराजुलीको अध्यक्षतामा रास्ट्रीय  युवा संघ नेपालको वडा कमिटी घोषणा गरेको थियो।

तपाइँको प्रतिक्रिया ।