लायन्स र लियो क्लब अफ काठमाडौं डाँफेले जनैपुर्णिमा बालबालिका संग मनायो

लायन्स र लियो क्लब अफ काठमाडौं डाँफेले जनैपुर्णिमा बालबालिका संग मनायो

कपन अनलाइन

काठमाडौं,भाद्र ७ । जनै पुर्णिमाको अवसर पारेर सुनौलो पाइला संस्थामा आश्रित बालबालिकाहरुलाई खाना खुवाइएको छ ।”Food For Kids Program” अन्तर्गत लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तरगतको लियो क्लब अफ काठमाडौं डाँफेको आयोजना तथा लायन्स क्लब अफ काठमाडौं डाँफेको सहयोगमा  उक्त संस्थामा रहेका बालबालिकालाइ खाना खुवाइएको हो।

भूकम्प र अन्यकारणले बेसाहारा भएका बालबालिकाहरुलाई सुरक्षित पालनपोषण, शिक्षा  र आवास दिने उदेश्यले २०७५ सालमा स्थापित सुनौलो पाइला संस्था मा हाल १४ जना असाहय बालबालिकालाइ सुरक्षित आवास र असल अभिभावकत्व प्रदान गरिरहेको छ।संस्थामा रहेका बालबालिकाहरुलाई चाड पर्व खल्लो नहोस  भनेर शुभकामना समेत आदानप्रदान गरिएको आयोजकले जानकारी गराएको छ।

 

तपाइँको प्रतिक्रिया ।