बुढानिलकण्ठका जनप्रतिनिधि एमाले विभाजनको असर नगन्य,सत प्रतिसत बनाउछौ : उद्दव खरेल

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ७।

बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले नेकपा एमाले विभाजनको असर जनप्रतिनिधिमा नगन्य रहेको बताएका छन। बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित बनेका जनप्रतिनिधि मध्ये ९५ प्रतिसत मुल धारमा रहेको बताउदै उनले विभिन्न कारणले बाटो बिराएका जनप्रतिनिधिहरु पनि सघन सम्पर्कमा रहेको जानकारी दिएका छन।

नगरपालिकाका केही ब्यक्तिहरुले नेकपा एमालेको विधि,निति र सिद्धान्त अनुरुप संघर्ष  गर्नु साटो माथिल्लो पद प्राप्त गर्नका लागि सर्टकट रोजेको तर्फ संकेत गर्दै प्रमुख खरेलले उनीहरुमा व्यापक रुपमा देखिएको कुन्ठा,रिसराग,आग्रह र पुर्वाग्रह छोडेर इतिहासको सम्मान गर्न आव्हान गरेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाकामा बिगत चार वर्षमा गरेका कामहरुका वारेमा आफू सार्वजनिक बहस र छलफलका लागि तयार रहेको बताउदै प्रमुख खरेलले एक पटक आफुले निर्वाचित भएको चिन्ह र बिजयी बनाउन सकृय जनताको मुहार सम्झिन आग्रह गर्दै सत प्रतिसत जनप्रतिनिधि सुर्य चिन्ह मुनि उभिएर इतिहास निर्माण गर्न आग्रह गरेका थिए।

बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेको तर्फबाट निर्वाचित ६० जनप्रतिनिधि मध्ये क्षेत्र-४ का ८ वडामा ३ जना सदस्य र क्षेत्र -५ मा एक जना वडा अध्यक्ष समानान्तर कमिटीमा सकृय जस्तो देखिएकोमा अहिले उनीहरु नेकपा एमालेको नेतृत्व संग सघन सम्पर्कमा रहेको श्रोतले जानकारी दिएको छ

तपाइँको प्रतिक्रिया ।