ईन्द्रावती गाउँपालिका १२ भिमटारमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु

ईन्द्रावती गाउँपालिका १२ भिमटारमा ट्याक्टरबाट खसेर एक बालकको मृत्यु

कपन अनलाइन

काठमाण्डौ ,भाद्र ५।

ईन्द्रावती गाउँपालिका १२ भिमटारमा ट्याक्टरबाट खसेर एक बालकको ज्यान गएको छ । धुलिखेलबाट डिजेल लिएर भिमटार जाँदै गरेको ना ६ त १८०७ नम्बरको ट्याक्टरबाट खसेका ईन्द्रावती ७ देउरालीका १४ बर्षीय किशोर सुदिप आचार्यको उपचारको क्रममा शनिबार बिहान १ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी ,प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिएका छन  । ट्याक्टरको पछाडी बसेका आचार्य ढाला खुस्केर भुइमा खसि घाईते भएका थिए । ट्याक्टर चालक र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको बस्नेतले जानकारी दिए  ।

तपाइँको प्रतिक्रिया ।