अब काउन्सिल कठोर बन्छ : अध्यक्ष कार्की

अब काउन्सिल कठोर बन्छ : अध्यक्ष कार्की

झापा, फागुन २१ – नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले व्यक्तिको मानमर्दन गर्ने जनताका बीच द्वेष सृजना गर्ने तथा राष्ट्र र राष्ट्रियताका विरुद्ध भूमिका खेल्ने पत्रकार एवम् संस्था विरुद्ध प्रेस काउन्सिल कठोर बन्ने बताएका छन् ।

15030540Press Concil_20140303073447_20140305075341

नेपाल पत्रकार महासङ्घ झापा शाखाको संयोजन र प्रेस काउन्सिल नेपालको आयोजनामा बिहीबार विर्तामोडमा आयोजित ’पत्रकार आचारसंहिता जागरण अभियान २०७१’ कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले पत्रकारहरुमा जे पनि गर्न पाइन्छ भन्ने दम्भ बढेको भन्दै आचारसंहिताको परिधिमा रहन सुझाव दिए ।

पत्रकारिता क्षेत्रमा देखिएका समस्याको पहिचान गरी निराकरणका लागि प्रयास गर्ने अभियानको उद्देश्य रहेको भन्दै अध्यक्ष कार्कीले असल पत्रकारको सेवा निवृतिपछि सुरक्षा गर्न काउन्सिल प्रयासरत रहेको बताए ।

पत्रकार र पत्रकारिता जनता, समाज र देशप्रति जिम्मेबार हुन्छन् भन्दै उनले त्यसकै लागि आचारसंहिता जागरण अभियान सञ्चालन गरिएको बताए ।

यसले पत्रकारलाई जिम्मेवार, उतरदायीपूर्ण र विश्वसनीय हुन प्रेरित गर्ने उनको भनाई छ ।

नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा काउन्सिलका सदस्य मुरलीप्रसाद यादवले प्रेस स्वतन्त्रता, पत्रकार आचारसंहिता र प्रेस काउन्सिल नेपाल विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । रासस

तपाइँको प्रतिक्रिया ।