तारकेश्वर नगरपालिकाको यी खोप केन्द्र बाट भेरोसेल खोपको पहिलो मात्रा लगाइने

तारकेश्वर नगरपालिकाको यी खोप केन्द्र बाट भेरोसेल खोपको पहिलो मात्रा लगाइने

कपन अनलाइन

काठमाडौं,भाद्र ४ । तारकेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्दको चाइनिज भेरोसेल खोपको पहिलो मात्रा लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ।  नगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले जारि गरेको उक्त सुचनामा  आज भाद्र ४ गते र भोलि ५ गते  १८ बर्ष माथिका  प्लस टु अध्ययनरत र बिश्व बिध्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका बिद्यार्थीहरु त्यसै गरि ४० बर्ष वा सो भन्दा माथिका उमेरका नागरिकहरुलाइ कोभिड बिरुद्दको भेरोसेल खोप लगाइने भएको हुँदा जन स्वास्थ्यको मापदण्ड पालना गरि निम्न खोप केन्द्रमा गइ खोप लगाउन अनुरोध गरिएको छ ।

खोप केन्द्रहरु

१) साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र वडा नं १

२) काभेस्थली स्वास्थ्य चौकी  वडा नं २

३) जितपुरफेदी स्वास्थ्य चौकी  वडा नं ३

४) शहरी स्वास्थ्य केन्द्र ४ वडा नं ४

५) गोलढुंगा स्वास्थ्य चौकी वडा नं ५

६) ग्राम सेवा माध्यमिक बिद्यालय वडा नं ६

७) फुटुंग स्वास्थ्य चौकी वडा नं ७

८) मनमैजु स्वास्थ्य चौकी वडा नं ८

९) शहरी स्वाथ्य केन्द्र वडा नं ९

१०) शहरी स्वास्थ्य केन्द्र १० लोकतान्त्रिक चोक  वडा नं १०

११) शहरी स्वास्थ्य केन्द्र ११ नेपालटार  वडा नं ११ मा बिहान १० बजे देखि ४ बजे सम्म खोप सेवा संचालन हुने जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।