कागेश्वरी मनोहरा नगरपालिकामा ६,४५४ जनाले एस्ट्रेजेनिका खोपको पहिलो मात्रा लगाए

कपन अनलाइन

काठमाडौं भाद्र ४। कागेश्वरी मनोहरा नगरपालिकामा  भाद्र १ र २   र ३ गते गते गरि कुल ६हजार ४ सय ५४  जना लक्षित समूहले  जापानिज एस्ट्रेजेनिका खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य शाखाले जानकारी गराएको छ  नगरपालिकाले ९ वटै वडामा खोप केन्द्र संचालन गरि खोप सेवा प्रदान गरिरहेको छ ।

बिहान १० बजे देखि अपरान्ह ४ बजे सम्मविश्व बिध्यालय तहको परिक्षा दिन  प्रवेश पत्र लिएका बिद्यार्थी, नया संसद भवन निर्माणमा संलग्न कर्मचारी मजदुर, बैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनमा विदेश जाने ब्यक्तिहरु, मृगौलाले काम नगरी डायलासीस गर्नु पर्ने र गरेका व्यक्तिहरु, अंग प्रत्येरोपण गरेका ब्यक्ति तथा अबुर्द रोगका बिरामीहरु, रिहाब सेन्टरमा रहेका ब्यक्ति र सो स्थानमा काम गर्ने कर्मचारीहरु, औधोगिक क्षेत्रमा कार्यरत कर्मचारी र मजदुरहरु, माइती नेपालले संरक्षणमा राखेका महिला तथा किशोर किशोरीहरु, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीका परिवार र ३० वर्ष वा सो भन्दा माथिका उमेरका नागरिकहरुलाई खोप प्रदान गरिरहेको छ। आज बाट नगरपालिकाले ४० बर्ष माथिका लक्षित समूह र प्लस टु पढ्ने बिद्यार्थीहरुका लागि  सबै वडा बाट भेरोसेल खोपको पहिलो मात्र लगाइने समेत जानकारी गराएको छ ।

तपाइँको प्रतिक्रिया ।