गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले गरे दक्षिणकाली मन्दिरको शिलान्यास
कपन अनलाइन
काठमाडौं, भाद्र ४। दक्षिणकाली नगरपालिका वडा नं ५,६ र ९ को संगम स्थल नगरचो-गोरखनाथ डांडामा अवस्थित पुरानो दक्षिणकालीको मन्दिरको शिलान्यास गरिएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुन लागेको सो मन्दिरको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बिहिबार भुमिपुजन सहित शिलान्यास गरेका हुन ।
अन्तर नगर साझेदारी अन्तरगत गोकर्णेश्वर नगरपालिकाको करिब २५ लाखको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त मन्दिर शिलान्यास कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उप प्रमुख बसन्ती डंगोल तामाङ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य,दक्षिणकाली नगरपालिकाका वडा अध्यक्षहरु सहित स्थानीयको उपस्थिति रहेको थियो।समाजमा कुनैपनि धर्म र संस्कारबिना नागरिक बाँच्न सक्दैन, यो नै मानव सभ्यताको पहिचान हो। धर्म संस्कृतिको बन्धनभित्र अडिएर नै समाज चलायमान भएको हुन्छ भन्ने मान्यता राख्दै आएका नगर प्रमुख सन्तोष चालिसेले ओझेलमा परेका प्राचिन धार्मिक क्षेत्रहरुको प्रवर्द्धन र विकासमा सहयोग गर्दै आएका छन ।
आफ्नो नगरपालिका भित्र धार्मिक समिति नै गठन गरेर काम गरिरहेका प्रमुख चालिसेले गोकर्णेश्वर महादेव मन्दिरमा सुनको छाना हाल्ने, पशुपति देखि शिवपुरी बागद्वार सम्म को धार्मिक प्लेट निर्माणमा समेत काम गरिरहेको बताउछन ।धार्मिक ठाउँको प्रवर्द्धन र विकासमा धार्मिक क्षेत्रमा जस्ले पनि सहयोग गर्न सकिने बताउदै मन्दिरको शिलान्यास गर्न पाउँदा खुसी लागेकोनगर प्रमुख चालिसेले बताएका छन ।