गोकर्णेश्वर नगरपालिकामा आज ६ वटा खोप केन्द्र बाट भेरोसेल खोपको पहिलो मात्रा लगाइने
कपन अनलाइन
काठमाडौँ, भाद्र ४। गोकर्णेश्वर नगरपालिकाले कोभिड १९ बिरुद्दको भेरोसेल खोपको पहिलो मात्रा लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ । नगर प्रमुख सन्तोष चालिसेले जारी गरेको उक्त सुचनामा कोरोना भाइरस बिरुद्दको खोप नलगाएका ४० बर्ष भन्दा माथि उमेर भएका सर्वसाधारण ब्यक्तिहरु र १८ बर्ष भन्दा माथि उमेर भएका बिद्यार्थीहरुलाई भाद्र ४ गते आज ६ वटा खोप केन्द्रमा बिहान ११ बजे देखि ४ बजे सम्म भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम भएको हुँदा खोप सेवा लिन अनुरोध गरिएको छ ।
खोप केन्द्रहरु
१) श्री बाल सुधार माबी गोकर्णेश्वर २
२) श्री सहयोगी माबी गोकर्णेश्वर ४
३) श्री शान्ति आदर्श माबी गोकर्णेश्वर ५
४ ) श्री चामुण्डा माबी गोकर्णेश्वर ६ नारायणटार
५) श्री चार्ल्स डार्बिन माबी गोकर्णेश्वर ६ नयाँबस्ती
६ ) श्री अरुणोदय माबी आरुबारी गोकर्णेश्वर ९ रहेका छन । खोप सेवा लिन आउदा आफ्नो परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रुपमा लिएर आउन अनुरोध गरिएको छ ।