बुढानीलकण्ठ–१० पंचकुमारीमा इनार खन्दा बालुवा सहित पानीको फोहोरा निस्कियो ,स्थानीय त्रसित

बुढानीलकण्ठ–१० पंचकुमारीमा इनार खन्दा बालुवा सहित पानीको फोहोरा निस्कियो ,स्थानीय त्रसित

कपन  अनलाइन

काठमाडौँ, भाद्र २ ।

बुढानीलकण्ठ नगरपालिका–१० पंचकुमारीमा  एक्कासि बालुवासहित पानीको फोहोरा निस्किएको छ  । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा निस्किएको हो  ।

भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए ।

सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिएका थिए ।सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा  करिब एक सय ५० फिट गहिरो खन्दानिस्किएको थियो ।

फोहोराका कारण नजिकैको घर हिलाम्मे भए पछी सो हेर्न आएको स्थानीयहरुको भिडलाई प्रहरीले माइकिंग गरेर हटाएको थियो। बिहान  १० बजेदेखी नियमित रुपमा बालुवा मिसिएको ग्यास निस्कने क्रम   १:४० बजे बन्द भएको थियो।

तपाइँको प्रतिक्रिया ।