कीर्तिपुरमा तारहरूलाई भूमिगत गर्ने कार्य शुरु
कपन अनलाइन
काठमाडौं, भाद्र २। कीर्तिपुरमा तारहरूलाई भूमिगत गर्ने कार्यको कीर्तिपुर नगरपालिकाका प्रमुख महर्जनद्वारा शुभारम्भ गरेका छन। कीर्तिपुरमा अव्यवस्थित रुपमा रही कीर्तिपुरको सौन्दर्यमा समस्याको रुपमा रहेको विद्युतीयलगायत अन्य प्रकारका तारहरूलाई व्यवस्थित गर्ने कार्यको सोमबार शुभारम्भ भएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, कीर्तिपुर नगरपालिका वडा नं ९ का अध्यक्ष गगाराम महर्जन, विद्युत प्रशारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख पियुष मालाकार तथा डाइरेक्टर नवराज ओझाले तारहरूलाई भूमिगत गर्ने ठाउँको पहिलो स्थान कीर्तिपुर नगरपालिका वडा नं ५ र वडा नं. ९ को सिमाना पर्ने छुगां (राराहिल) मा पुजाआजा गरी शुभारम्भ गरेका हुन् ।
पहिलो चरण्मा छुगांमा फाउण्डेशन बनाएर हिल्चा (भत्क्यापाटी)सम्म, छुगांदेखि नगाउँ दोबाटोसम्म, त्यसपछि छुगाउँदेखि धःपा चुक (वडा नं. ३ कार्यालय) सम्म र कीर्तिपुर चक्रपथमा तारहरू भूमिगत गरिने नगरपालिकाले जनाएको छ । त्यसपछि क्रमैसँग त्यालँ, बल्खु, पाँगा र चोभार क्षेत्रमा तारहरूलाई भूमिगत गरिने छ । कीर्तिपुरमा मात्र करीव २५ किलोमिटरमा तारहरूलाई भूमिगत गरिने छ भने पहिलो चरणको ८ किलोमिटर भूमिगत गर्न करीव ३ महिना लाग्ने आयोजना प्रमुख मालाकारले बताएका छन ।यो कार्य थालिएकोले अन्तिम चरणमा पुगेको उक्त सडकमा कालोपत्रे गर्ने कार्य केही दिन ढिलो हुने समेत नगरपालिकाले जनाएको छ ।
सौजन्य : नगर संदेश