सिभिल र कम्प्युटर इन्जिनियरिङ पढ्ने बुढानिलकण्ठका १० विद्यार्थीलाई “मेयर छात्रवृत्ति” दिइने

सिभिल र कम्प्युटर इन्जिनियरिङ पढ्ने बुढानिलकण्ठका १० विद्यार्थीलाई “मेयर छात्रवृत्ति” दिइने

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २।

बुढानीलकण्ठ नगरपालिकाभित्र स्थायी रूपमा बसाेबास गर्ने विद्यार्थीहरूलाइ मेयर छात्रवृत्ति प्रदान गरिने भएको छ। यो कार्यक्रम अन्तर्गत नगरपालिकाले  ८ जना विद्यार्थी र श्रीबुढानीलकण्ठ मा. वि. द्वारा २ जना गरी जम्मा १० विद्यार्थीहरूलाइ छात्रवृत्ति प्रदान गरिने  छ । छात्रवृत्तिमा छनाैट हुनका लागि विद्यार्थीहरूले २०७८ साल भाद्र १५ गते भित्र नगरपालिकाकाे शिक्षा, युवा तथा  खेलकुद महाशाखामा निवेदन दिनुपर्नेछ ।

साे छात्रवृत्ति  Diploma in Civil Engineering र Diploma in Computer Engineering काेर्षकाे लागि उपलब्ध छ । काेर्षहरूकाे अवधी ३ वर्षकाे रहकाे छ भने मान्यता ओभरसियर वा +२ बराबरकाे रहकाे छ ।

विद्यार्थीहरूले SEE मा अङ्ग्रेजीमा न्युनतम D+, विज्ञान र गणितमा न्युनतम C ग्रेड ल्याएकाे हुनुपर्ने छ । सामाजिक समानता सुनिश्चित गर्नका लागि २ जना नगरकाेटी, २ जना दलित र अन्य ४ विद्यार्थीहरूलाइ नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने छ ।

सो  छात्रवृत्तिमा आवेदन दिन न इच्छुक विद्यार्थीहरूले  सि.टि.इ.भि.टी. (CTEVT) बाट २०७८ सालमा लिइने प्रवेश परिक्षामा उतीर्ण भएकाे हुनुपर्ने छ ।

सुचना :

 

 

 

 

तपाइँको प्रतिक्रिया ।