नेपाल मेडिकल कलेज प्रा. ली. शिक्षण अस्पतालका नव नियुक्त प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीलाइ स्वागत
कपन अनलाइन
काठमाडौं भाद्र १ ।नेपाल मेडिकल कलेज प्रा. ली. शिक्षण अस्पतालका नव नियुक्त प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीलाइ नेपाल मेडिकल कलेज तथा अस्पतालमा क्रियाशील नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका अध्यक्ष श्री राजेन्द्र सिंह ठकुरी लगायत कार्यसमितिका पदाधिकारीहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका छन ।अस्पतालका प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीले कर्मचारी र ब्यबस्थापन दुबैको सहकार्यले संस्था अगाडि बढ्ने बताउदै आफू सो ठाँउको लागि नयाँ भए पनि स्वास्थ्य श्रेत्रको लागि पुरानै भएको बताएका थिए । उनले संस्थालाई अहिलेको उचाई भन्दा झन माथी पुर्याइ नेपालकै उत्कृष्ट सेवा दिने अस्पतालको रुपमा बिकास गर्न लागि पर्ने बताएका थिए । अस्पतालको सेवा तथा सुबिधाले यो भेगका जनताको मन जित्दै नयाँ नयाँ प्रबिधी सहितका सेवा थप्दै जाने योजना रहेको बताएका थिए ।
सो भेटमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका अध्यक्ष श्री राजेन्द्र सिंह ठकुरीले प्रबन्ध निर्देशकलाई संस्था र कर्मचारी दुबै को हित हुने गरि आफ्नो योजना बनाएर अगाडि बढन सुझाव दिदै सधै साथ र सहयोग रहनेकुरा जानकारी गराएका थिए । कर्मचारीहरुले काम गरे अनुसार सुबिधा दिदै कर्मचारीलाई हौसला दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अस्पतालका निर्देशन डा. राजेश किशोर श्रेष्ठ ,नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनका उपाध्यक्ष शिवराम खुलाल, सचिब प्रेम लामा तथा कार्यसमितिका पदाधिकारीहरुले नव नियुक्त प्रबन्ध निर्देशक बसुरुद्दिन अन्सारीलाइ स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।