कोभिड -१९ बिरुद्दको खोपको लागि नाम टिपाउन शंखरापुर नगरपालिकाको अपिल
कपन अनलाइन
काठमाडौं भाद्र १। शंखरापुर नगरपालिकाले सबै नगरबासीहरुलाई अपिल गरेको छ ।नगर प्रमुख सुवर्ण श्रेष्ठले विश्व ब्यापी रुपमा फैलिरहेको कोभिड -१९ दोस्रो भेरियन्टले शंखरापुर नगरपालिका भित्र पनि आक्रान्त बनाइरहेको अवस्थामा नगरबासीहरुलाई सो रोग बाट बचाउन प्रमुख कर्तब्य भएको हुँदा १८ बर्ष भन्दा माथिका सबैलाई खोप लगाई शंखरापुर नगरपालिकालाइ पूर्ण खोप युक्त नगरपालिका बनाउन यहि भाद्र ५ गते भित्र बाँकी रहेका सबै नगरबासीहरुले नजिकको स्वास्थ्य केन्द्र वा महिला स्वास्थ्य स्वयंसेविका मार्फत नाम टिपाई तोकिएको मितिमा खोप लिई सहयोग गरिदिन अपिल गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।