तीनकुनेमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

तीनकुनेमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

काठमाडौँ, १९ फागुन । डिजेल बोक्ने ट्याङ्करले आज साँझ ७.१५ बजे नयाँबानेश्वरको तीनकुनेमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने महिलाको मृत्यु भएको छ ।

ना२ख २७३५ नम्बरको ट्याङ्करले बा५२प ५८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा पछाडि बसेकी ४७ वर्षीया हिरा लामाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Bikasha

मोटरसाइकल चालक तथा मृतकका श्रीमान गणेशबहादुर लामा भने उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । सोही स्थानमा केही महिनाअघि टिप्परको ठक्करले स्कुटर सवार एक युवतीको पनि मृत्यु भएको थियो ।

तपाइँको प्रतिक्रिया ।