होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही हुने

होलीमा जबरजस्ती रङ दल्नेलाई कारबाही हुने

काठमाडौँ, १९ फागुन । होली पर्वका अवसरमा इच्छा विपरीत जबरजस्ती रङ दल्ने, लोला हाल्ने, फोहर पानी छ्याप्ने, बाटोमा हिँड्नेलाई अनावश्यक दुःख दिनेलगायतलाई कानुनबमोजिम कारबाही हुनेभएको छ ।

Bikasha

त्यस्तो कार्य कानुन विपरीत भएको भन्दै गृह मन्त्रालयले सर्वसाधारणले वातावरण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने लोलाको आयातसमेत नगर्न सर्वसाधारणमा आग्रह गरेको मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया ।