नेकपा एमालेको एकता अहिलेको आवस्यकता हो : रामप्रसाद चौलागाई
कपन अनलाइन
काठमाण्डौ ,साउन ३२।
नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का पुराना नेता राम प्रसाद चौलागाईले नेकपा एमालेको एकता अहिलेको आवस्यकता भएको बताएका छन।
करिव ४ दशक देखि नेपालको बामपन्थी आन्दोलनमा विभिन्न रुपमा जोडिएका नेता चौलागाईले पछिल्लो समयमा एमाले विभाजनको खतरा बढेको तर्फ संकेत गर्दै सबैले एकतावद्ध पार्टी निर्माणका लागि बल दिनु पर्ने भन्दै आफु कुनै पनि समुहमा नलाग्ने बताएका छन।
हिजो सहज अवस्थामा कसैले मतलव र सोधखोज नगरेपनि अहिले पार्टीमा विवाद देखिंदा भने आफ्नो पक्षमा लाग्न नेताहरुले विभिन्न पद र कमिटीको आस्वासन दिएको प्रतिहिजो आफ्नो भाग नै खोस्ला जस्तो गर्ने उनीहरुको बुद्धि कहाँ बाट अहिले पलायो होला ? भन्दै उनले कटाक्ष गरेका छन।
सहज स्थिति रहेको समयमा पार्टीले राम्रो नतिजा सहित निर्वाचनमा विजयी बनेर एकता भएको समयमा आफुलाई कसैले समान्य सोधखोज समेत नगरेको तर अहिले बिहान बेलुका नै नेताह्जरुको लाइन लाग्न थालेको भन्दै आफु कुनै पनि समुहमा नलाग्ने भएकोले अवका दिनमा दुख नगर्न समेत सचेत गराएका छन।
नेकपा एमाले बलियो र एकतावद्ध हुँदा ,मात्रै कम्युनिस्ट आन्दोलन सहि दिशामा अगाडी बढ्ने भएकोले त्यसका लागि सबैले दवाव दिनुपर्ने धारणा राखेका चौलागाई बुढानिलकण्ठ नगरपालिकामा एमाले स्थापना गर्ने स,समय देखि सक्रिय नेता हुन।
तपाइँको प्रतिक्रिया ।