‘इन्डियन आइडल’ को १२ औं संस्करणको उपाधी पवनदीप राजनले जिते

 ‘इन्डियन आइडल’ को १२ औं संस्करणको उपाधी पवनदीप राजनले जिते

कपन अनलाइन

काठमाण्डौ ,साउन ३२।

‘इन्डियन आइडल’ को १२ औं संस्करणको उपाधी पवनदीप राजनले जितेका छन ।

आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसरमा भएको फिनालेमा राजनले अरु प्रतिस्पर्धिलाई पछि पार्दै विजेता हुन भएका छन। फिनाले १२ घण्टासम्म चलेको थियो।

सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई भोटमा पछि पार्दै उनले अवार्डसहित २५ लाख (भारु) हात पारेका छन्।

२५ वर्षीय पवनदीप राजन  भारतको उत्तराखण्ड कुमाउस्थित चम्पावत जिल्लामा जन्मेका हुन्।

तपाइँको प्रतिक्रिया ।