सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पैयाँटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्था

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै पैयाँटार आकाशदेवी बचत तथा ऋण सहकारी संस्था

कपन अनलाइन

काठमाडौँ, श्रावण ३२।  बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का बिभिन्न स्थान सडक बत्ति जडान गरिएको छ ।  बुढानिलकण्ठ नगरपालिका वडा नं ११  पैयाँटारमा रहेको  पैयाँटारआकाशदेवी बचत तथा ऋण सहकारीसंस्थाले सामाजिक  उत्तरदायित्व अन्तरगत  सडक बत्ति जडान गरेको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ संगको समन्वय र सहकार्यमा  गोकर्ण जाने ओरालो देखि सन्तोषीमाता मन्दिर आकाशदेबी मन्दिर हुदै चौतारा ओरालो, शेर्पा चोक, प्रगतिनगर चोक, फैका खरिबोटचोक नजिकको पुल सम्म सडक बत्ति जडान गरेको सहकारीका सचिव राजेन्द्र बुढाथोकीले जानकारी गराए ।

उनले उक्त अभियान अन्तर्गतपहिला  जडान गरेको  बत्तिहरू  मर्मतसंभारदेखि नयाँ बत्ति जडासम्मका कामहरू भएको जानकारी गराएका छन वडाध्यक्ष राजु अधिकारी तथा वडा सदस्य विमल लामासँग समन्वय गरेर शुरु भएको  बत्ति जडान कार्य सोमवार सम्पन्न हुने बताउदै  उक्त काममा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन । सडकबत्ती जडानसँगै सो क्षेत्रमा  रातको समयमा हुने आपराधिक कार्यमा कमी आउनुको साथै रातको समयमा  आवतजावतमा समेत सहज हुने बिश्वास  गरिएको छ ।  सहकारीले आगामी दिनमा पनि सामाजिक काम गर्दै जाने योजना रहेको जानकारी गराएको छ।

तपाइँको प्रतिक्रिया ।