नव जागृती मावीको आयोजनामा इन्डो नेपाल रुरल गेम्स -२०२१ सम्पन्न

नव जागृती मावीको आयोजनामा इन्डो नेपाल रुरल गेम्स -२०२१ सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,साउन ३२।

नव जागृती मावीको आयोजनामा इन्डो नेपाल रुरल गेम्स -२०२१ सम्पन्न भएको छ । सात  वटा बिधामा संचालक गरिएको खेलकुद प्रतियोगितामा नेपाल को तर्फबाट ४ बिधाको खेलमा सहभागी भएको थियो ।

गत वर्ष रुरल गेम्स फेडेरेसनको आयोजना र नेहरु युवा परिषदको समन्वयमा भएको थियो भने यस पटक नेपालको तर्फबाट नवजागृती माबीको आयोजना र युथ गेम्स अफ इन्डियाको सहकार्यमा सफलताका साथ सम्पन्न भएको थियो । कबड्डि जुनियर / सिनियर, खोखो, ब्याडमिन्टन, चेस, पोलब्रेक, एथलेटिक्स र भलिबल खेलहरु सम्पन्न भएको थियो ।

जस मध्य पोलब्रेकमा नेपालले स्वर्ण पदक जित्न सफल भयो बहने अन्य सबै  खेलमा इन्डियाका खेलाडिहरुले स्वर्ण पदक जित्न सफल भएका थिए । १०४ जना खेलाडी, १२ जनाको खेल संयोजक  टिम, भारतका तर्फबाट १० जना अफिसियलहरुको सहभागिता रहेको थियो ।

काठमाडौका कामपा -०६ स्थित सिमलटारमा भलिबल र ब्याडमिन्टन, बुनपा स्थित आकासेधारामा खोखो, कबड्डी र पोलब्रेक, नवजागृती स्कुलमा चेस , एथलेटिक्स को खेल गोकर्नेस्वर नगरपालिका स्थित जगडोल सहिद पार्कमा सम्पन्न भएको थियो ।

नव जागृती माबिको आयोजना रहेको इन्डो नेपाल रुरल गेम्स – २०२१ सप्पन्न गर्न गोरखा पोलब्रेकर्स संघ नेपाल, रुरल गेम्स फेडेरेसन इन्डिया, युथ गेम्स इन्डिया, युथ स्पोर्ट्स क्लब इन्डिया र सामाजिक जागरण अभियान नेपाल ( samin) को सहकार्य रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।