केपी ओलीको नेतृत्वमा नेकपा एमालेले मात्र नेपालको विकास गर्नसक्छ : डा. राजन भट्टराई
कपन अनलाइन
काठमाण्डौ,साउन ३०।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेस विभाग प्रमुख डा. राजन भट्टराईले केपी ओलीको नेतृत्वमा नेकपा एमालेले मात्र नेपालको विकास गर्न सक्ने बताएका छन।
काठमाण्डौ क्षेत्र नं ४ को बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा आयोजना गरिएको युवा भेला तथा कमिटी पुनर्गठन कार्यक्रममा बोल्दै डा. भट्टराईले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर आगाडी बढेको नेकपा एमालले मात्र नेपालको विकास गर्न सक्ने धारणा राखेका हुन्।
चार वर्ष अगाडिको कपन र अहिलेको कपन तुलना गर्न आग्रह गर्दै उनले बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुले जनताको मतको कदर गर्ने गरि काम गरेको भन्दै प्रसंशा गरेका थिए।
नेकपा एमाले विधि पदत्ति र सिदान्तमा चल्ने पार्टी भएको भन्दै उनले अन्य पार्टीमा जस्तो नातावाद र कृपावाद नचल्ने बताउदै युवा संघमा आवद्ध युवाहरुलाई स्वागत गरेका थिए।
काठमाण्डौ क्षेत्र नं ४ को नागपोखरी देखि तौलुंग नागी गुम्बा सम्म नेकपा एमालेको नेतृत्वमा विकासको लहर आएको जनताले प्रस्ट बुझेको भन्दै डा. भट्टराईले अव कुनै पनि बहानामा संगठन निर्माण र विस्तार नरोकिने हुँदा आक्रामक योजना बनाएर अगाडी बढ्न निर्देशन पनि दिएका थिए।
नेकपा एमालेको लोकप्रियता देखेर देसी विदेसीहरुले बनाएको योजनामा पार्टी कै केहि व्यक्तिहरु लाग्नु दुखद भएको बताउदै उनले आगामी फागुन ३१ गते हुने निर्वाचनमा बुढानिलकण्ठका १३ वटै वडामा विजयी हुने दावी समेत गरेका थिए ।