बुढानिलकण्ठका फुटवल खेलाडीहरुलाई अवसर : टिम बुढानिलकण्ठले “सि” डिभिजन लिगमा भाग लिने

बुढानिलकण्ठका फुटवल खेलाडीहरुलाई अवसर : टिम बुढानिलकण्ठले “सि” डिभिजन लिगमा भाग लिने

कपन अनलाइन

काठमाण्डौ ,साउन २९।

बुढानिलकण्ठ नगरपालिकाले  सहिद स्मारक सि- डिभिजन लिगको क्वालिफायर (Qualifier) मा सहभागिता जनाउने भएको छ।

नेपालको राष्ट्रिय फुटबल लिग सहिद स्मारक सि- डिभिजन लिगको क्वालिफायर (Qualifier) मा बुढानीलकण्ठ नगरपालिकाको प्रतिनिधीत्व गर्दै टिम बुढानीलकण्ठ’ ले भाग लिन लागेको हो  ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा भाद्र १० गतेबाट आयोजना गर्न लागेको  लिगमा बुढानीलकण्ठ नगरपालिकाबाट उत्कृष्ट खेलाडिहरु छनौट गरी ‘टिम बूढानीलकण्ठ’ ले भाग लिने तयारी शुरु गरेको छ।

बुढानिलकण्ठ नगरपालिकाको  टिम छनौट तथा व्यवस्थापनको लागी दुई दशक भन्दा लामो समय देखि खेलकुद क्षेत्रमा सकृय वडा नं ०४ को शिवपुरी युवा क्लवलाई  जिम्मा दिइएको छ।

निश्पक्ष रुपमा खेलाडीका क्षमताको आधारमा उत्कृष्ट प्रशिक्षकहरुबाट  ‘टिम बूढानीलकण्ठ’ मा २३ जना खेलाडी  छनौट गरिने जानकारी दिदै शिवपुरी युवा क्लवले  ईच्छुक खेलाडीहरुलाई आफ्नो नाम दर्ता गरी छनौट प्रकृयामा सामेल हुनका लागि अनुरोध गरेको छ।

युवा सक्रियतालाई कायम राख्दै खेलकुद गतिविधीमा युवा संलग्नतालाई बढुवा दिन ‘टिम बूढानीलकण्ठ’ले  लिगमा भाग लिन लागेको जानकारी दिदै नगर प्रमुख उद्धव प्रसाद खरेलले सक्रिय सहभागिताका लागि नगरका खेलाडीहरुलाई आग्रह गरेका छन ।

नाम दर्ता र थप जानकरीको लागिः

१. प्रमेश थापाः ९८०११०९५२२

२. क्षितिज खड्काः ९८१८३२२२०४

३. सविन सापकोटाः  ९८४९७७०१५५

तपाइँको प्रतिक्रिया ।