मेलम्ची बाढी पिडित र हावादारी गफ : बालकृष्ण गजुरेल (लघुकथा )

मेलम्ची बाढी पिडित र हावादारी गफ : बालकृष्ण गजुरेल (लघुकथा )

कपन अनलाइन

काठमाण्डौ ,साउन २८।

 मेलम्ची नदीमा आएको बाढी पश्चात् सयौँ स्थानिय घरवार बिहिन भए । कतिका घर पुरै बगायो । कसैका आदी घर बाँकी रह्यो । प्राकृतिक प्रकोपको यो भन्दा ठूलो पीडा के हुन सक्छ ? धेरै कृषकका खेति योग्य जमिन समेत समाप्त भए ।
न घर , न गरिखाने जमिन । बाँच्ने कसरी ? धेरै नेताहरु तँछाड मछाड गर्दै हेलिकप्टरबाट घटनास्थल पुगे । दुई महिना देखि उपलब्धता शून्य भयो। चौतर्फि दवावको कारण सरकारले बाध्य भएर संकट गस्त क्षेत्र घोषणा गर्यो ।
आसेपासे बाहेक लाभ नहुनेमा सन्तमान तामाङ्ग पक्का थिए । नगरपालिका र गाउँपालिकाले पनि आस्वासन बाँड्यो । ” आधा बगेको घर राखेर के गर्छौ दाइ ? भत्काउ सबै । राहत कार्यक्रममा पारिदिम्ला ।” गाउँपालिका अध्यक्षले आस्वासन बाँडे । सन्तमान तामाङ्ग आस्वासन सुन्दा सुन्दा वाक्क भएका थिए । आधा भत्कन लागेको घर टालटुल गरे चल्ने अवस्थामा थियो ।
उनले गाउँपालिका अध्यक्षलाई खवरदारी गर्दै भने, ” पहिलाको क्रान्तिकारी साथिहरुको जस्तो हावादारी गफ नहोस् । नयाँ नेपाल बनाउने भनेर भएका संरचना बमले उडाए । सत्ता चाखेका पन्ध्र बर्ष बिते, गफ मात्र ठूला ।”
( कथाकार  हेलम्बु-६, सिन्धुपाल्चोक निवासी हुन् )
तपाइँको प्रतिक्रिया ।