त्रिविका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई खोप दिइने ,कहाँ कहाँ छन खोप केन्द्र ?

त्रिविका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई खोप दिइने ,कहाँ कहाँ छन खोप केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २८।

सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा केन्द्र तोकेर परीक्षार्थीलाई प्रवेस पत्रका आधारमा  खोप दिने भएको हो ।

काठमाण्डौका  राधास्वामी केन्द्र वसुन्धारा, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट खोप दिन लागिएको मन्त्रालयले जानकारी दिएको छ ।त्रिविअन्तर्गत हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयको परीक्षा चलिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।